काठमाडाैँ, १ साउन । क्यान्सर रोगबाट मुक्त भएर लामो समय पछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छिन् । उनी अभिनित पहिलो कमब्याक चलचित्र ै ‘डियर माया’ रिलिज भइसकेका छ । समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको डियर माया पछि यति बेला अभिनेता सञ्जय दत्तको बायोपिकमा बन्न लागेको चलचित्रमा काम गरिसकेकी छिन् । उक्त चलचित्रमा आफ्नो भागको सुटिङ पूरा गरिसकेकी मनिषा हाल नेपालमा छिन् । उक्त बायोपिक चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपूर मुख्य भूमिकामा रहने छन् भने सञ्जयकी आमा नरगिसको भूमिकामा मनिषाको अभिनय रहने छ ।
मनीषासँग पहिलोपटक पर्दामा देखिन लागेका रणवीरले उनको अभिनयबाट आफू पहिलेदेखि नै प्रभावित रहँदै आएको प्रतिक्रिया दिएका छन् ्। एक अन्तवार्तामा रणबीरले आफू सानै देखि मनिषाको फ्यान रहेको र उहाँको अभिनयबाट सधैँ अचम्भित पार्ने गरेको बताएका छन् । मनिषाले सुटिङ स्थलमा कहिले पनि आफू सिनियर कलाकार भएको घमण्ड नगरेको र उनको प्रस्तुति, हाउभाउ सामान्य रहेको खुलाएका छन् । आफूलाई मन पर्ने कलाकारसँग काम गर्ने पाउँदा खुसी लागेको रणबीरले व्यक्त गरेका छन् ।