काठमाडाैँ, १ साउन ।नयाँ चलचित्र ‘ह्यारी मेट सेजल’को प्रमोसनमा व्यस्त रहेका बलिउड अभिनेता शाहरुख खानलाई जुलाई २७ मा अदालतले हाजिर हुने आदेश दिएको छ । चलचित्र ‘रईस’को प्रमोसनको क्रममा वडोदरा रेलवे स्टेसनमा भएको भागदौडको मामिलामा उनलाई अदालतले बोलाएको हो । जनवरी २३ मा शाहरुख आफ्नो चलचित्र ‘रइस’को प्रमोसनको लागी मुम्बइ रेलवे स्टेसनबाट दिल्लीका लागि क्रांति एक्सप्रैस ट्रेनमा चढेर उनी वडोदरा रेलवे स्टेसन पुगेका थिए। त्यसैक्रममा उनलाई हेर्ने आउने फ्यानहरुको भिड लागेको थियो ।
भिडलाई नियन्त्रण गर्नेलाई पुलिसले लाठी चार्ज गरेको थियो । लाठी चार्जको क्रममा फहीद खानको मृत्यु भएको थियो । उक्त मृत्युको जिम्मेवार शाहरुखलाई ठर्हयाउँदै उनीविरूद्ध मुद्दा दायर भएको थियो। यही मुद्दाको पेशीका लागि अदालतले उनलाई २७ जूनमा हाजिर हुन आदेश दिएको हो।