चलचित्र ‘झोला’ अभिनेत्री गरिमा पन्त पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा गुमनाम नै छिन् । बेल्जियममा बस्दै आएमा हरि शर्मा थपलियासँग विवाह बन्धनमा बाधिएँकी गरिमा विवाह पछि पतिसँगै बेल्जियममा बस्दै आइरहेकी छिन् ।

आफ्नो ब्यपार, घुमघाम , परिवार र पतिसँग रमाइरहेकी गरिमाको फेसबुक र इन्स्ट्राग्राममा नियमित अपडेट भइरहन्छ । घुमघाममा रमाइरहेकी गरिमाले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत केही तस्बिरहरू पोस्ट गरेकी छिन् । बिकिनीमा देखिएकी गरिमालाई सुन्दरको साथमा हट देखिएको छ । 

लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय गरिमाले चलचित्र झोलाबाट सार्क फिल्म फेस्बिलमा उत्कृष्ट अभिनेत्री अवार्ड पाएसँगै चर्चामा थिइन् । तर झोला पश्चात् उनले केही चलचित्रमा काम गरिन् ।जुन व्यावसायिक हिसाबले सफल हुन सकेन ।