नेपाली सिने नगरीमा सधैँ चर्चामा आइरहने नायिका हुन् रेखा थापा । करिब १८ वर्षको नेपाली चलचित्रमा सक्रिय रूपमा लागेकी रेखाले ‘हिरो’नामक चलचित्रबाट सन् १९९९ मा डेव्यु गरेकी हुन् । १९९९ देखि अहिले सम्म रेखा अभिनित प्राय चलचित्रहरु हिट छन् । कलाकारको साथै समाजसेवा र पछिल्लो समय राजनीतिमा पनि सक्रिय रहेकी थापा यति बेला चलचित्र ‘रुद्रप्रिया’को छायाँकनमा व्यस्त छिन् । नेपालमा समाजिक सञ्जाल फेसबुकमा सबै भन्दा बढी फ्यान फलोइङ भएकी नायिकामा पनि रेखा पर्छिन् । उनलाई फेसबुकको पेजमा ३२ लाख भन्दा बढीले फलो गरेका छन् ।
यसै सन्दर्भमा एक अन्तवार्तामा उनलाइ फ्यानकाे बारेमा साेधिएकाे थियाे । माया गर्ने दर्शक धेरै हुनु भएर बढी फलोअर्स भएको हो ? भन्ने प्रश्नमा रेखाले आफूलाई गाली गर्ने दर्शकले पनि माया गर्ने गरेको बताएकी छिन् । रेखा भन्छिन् ‘रेखा थापा मलाई मने पर्दैन भन्नेले पनि माया गरेको देख्छु । मलाई गाली गरेर पनि माया गर्ने दर्शक धेरै हुनुहुन्छ ।’ दर्शकको साथले गर्दाले आफू यहाँ सम्म पुगेको बताउने रेखा अब बनिरहेको चलचित्र ‘रुद्रप्रिया’ दर्शकको माग अनुसार नै बनेको दाबी गरेकी छिन् ।