थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि ओस्कार कलेजका ६ जना विद्याथी छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् ।
१० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेति, सजल लोप्चन, दिवस अम्गाइँ र जेसन लोप्चन छानिएका छन् । ६ जना जोडीको रुपमा तीन समूहमा विभाजित भइ प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन् । ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो ।