आज रङहरूको पर्व होली । पहाड तथा हिमाली भेगमा आज मनाइने होलीले यो वर्ष खासै छोएको छैन । विश्वलाई नै त्रासमा धकेलेको कोरोना भाइरसको असर होलीमा पनि परेको छ । नेपाल सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न निर्देशन दिइसकेको छ । यसर्थ पनि सङ्क्रमणको जोखिमबाट बच्नको लागी होलीको चहलपहल खासै देखिँदैन ।

कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर) कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर) कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर) कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर)

आयोजना हुने भनिएका कार्यक्रमहरू सबै स्थगित भएका छन् भने आ-आफ्नो घरमा परिवारसँग खुसी साट्दै र शुभकामना आदानप्रदान गर्दै सबैले जोखिम रहित होली मनाइरहेका छन् । यसैलाई आत्मसाथ गर्दै कला जगतका सम्पूर्णले सामान्य र तरिकाले होली मनाएका छन् । कतिले सामाजिक सञ्जाल मा अघिल्ला वर्षका होलीको तस्बिर साझेदारी गर्दै शुभकामना दिइरहेका छन् भने कतिले परिवारसँग सामान्य टिका साटेर होली मनाएको तस्बिर राखेका छन् ।

कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर) कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर) कसरी मनाउँदै छन् कलाकारले यो वर्षको होली ?(फोटो फिचर)

रङहरूको पर्व भएकैले पनि रङ र जमघट नहुँदा होली निकै खल्लो अनुभव सबैले गरेका छन् तर आफ्नो स्वास्थ्य र अरूको स्वास्थ्यको सुरक्षाको लागी अपनाइएको यो तरिका भने निकै राम्रो हो । सुरक्षित तरिकाले खुसी साट्दै होली मनाऔँ । होलीको शुभकामना!!