बिहीबार नायिका आँचल शर्माले उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी छिन् । बुढानीलकण्ठ स्थित पार्क भिलेजमा परिवार आफन्त तथा निकटका कलाकारको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको हो । आँचल र उदिपले करिब डेढ वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । विवाहमा आँचल निकै खुसी र उत्साहित थिइन् । आँचलले आफ्नो विवाहको तस्बिरहरू सामाजिक सञ्जाल मा सार्वजनिक गरेकी छन् । जसमा उनी दुलहीको भेषमा निकै सजिएको देख्न सकिन्छ । आँचल र उदिपले चैत्र १ गते बिहे भोजको आयोजना गरेका छन् । विवाह अगाडी आदीप जोडीले सङ्गीत र मेहेन्दीको कार्यक्रम पनि गरेका थिए । तस्बिरमा हेरौँ दुलही बनेकी आँचललाई !!
तस्बिर: आँचलको सामाजिक संजालबाट