फागुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले शनिवार रिसेप्सन पार्टी आयोजना गरेकी थिइन् । रिसेप्सन पार्टीमा सहभागी हुन आँचललाई उनका पति उदिप श्रेष्ठले आँचललाई हेलिकप्टर चढाएर हायत पुर्‍याएका थिए । पार्टीमा फिल्म कर्मी, उनीहरूका आफन्त, साथीभाइ र परिवारको बाक्लो उपस्थिति थियो ।

उनीहरूको बिहे पार्टीमा नायिकाहरू स्वस्तिमा खड्का, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, रीमा विश्वकर्मा लगायत उपस्थित थिए । भने नायिका पूजा शर्मा र पल शाह भने उपस्थित थिएनन् । बिहे पार्टीमा करिब एक हजार निम्तालु पुगेका थिए ।

तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी

जसमा छुट्ने कम मद्धे छुट्ने चल्तीका कलाकार पल र पूजा थिए । उनीहरूलाई शुभकामना दिन कलाकार द्वय दीपकराज गिरी र केदार घिमिरे, वसुन्धरा भुसाल, कलाकार संजोग कोइराला, चलचित्र ‘झिँगे दाउ’का निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक शिवहरि पौडेल, हरिवंश आचार्य, नायक आर्यन सिग्देल, पुष्प खड्का, निर्देशक विकासराज आचार्य पनि पार्टीमा पुगेका थिए ।

तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी तस्बिरमा आँचलको रिसेप्सन पार्टी

सबैले आँचल र उदिपको जोडी निकै नै सुहाएको भन्दै वैवाहिक जीवनको शुभकामना दिएका थिए ।  ​​​​​​​