उमेरले चार दशक पार गरेता पनि गायिका कोमल वलिले विवाह गरेकी छैनन् । पछिल्लो समय गीतसंगीतमा भन्दा पनि राजनीतिमा व्यस्त रहेकी कोमलले आफ्नो बिहेको बारेमा केही खुलासा गरेकी छन् । उनले नयाँ पत्रिकाको फ्यान संवादमा दिइएको अन्तवार्ता अनुसार आफ्नै फ्यानसँग बिहे गरु झैँ लागेको बताएकी छिन् । उनले केही वर्ष अघि बाराका सिहं थर गरेका फ्यानले धेरै चिठी पठाउने र त्यो चिठी पढ्दा उनीसँगै जीवन बिताउने सोचेको बताएक छिन् ।
‘सायद त्यो बेला अहिलेको जस्तो समाजिक सञ्जाल भए । मेरो बिहे हुन्थ्यो होला ।’ कोमलले अन्तवार्तामा बताएकी छिन् । यस्तै हाल काठमाडौँको एक जना फ्यानलाई देख्दा बिहे गरुम् जस्तो लागेको उनी बताउछिन् । ‘मेरो प्रतिभा, स्वभाव, बौद्धिकता देखेर उहाँ प्रभावित हुनुभएको छ । उहाँ कहिलेकाहीँ मेरो नजिक आउँदा उहाँसँग बिहे गरौँगरौँ जस्तो लाग्छ । ’ कोमल भन्छिन् ।