बलिउड प्रतीक्षित चलचित्र 'आरआरआर' को नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । एसएस राज मौली निर्देशित चलचित्रको मोसन पोस्टर अनुसार 'आरआरआर'को अर्थ 'रौद्रम रानम रुधिराम' रहेको देखाइएको छ । चलचित्रको निर्माण घोषणा भएयता नै यसको नामलाई लिएर धेरैमा उत्सुकता रहँदै आएको थियो । तेलेगु नयाँ वर्ष उगाडीको अवसर पारेर सार्वजनिक गरिएको हो । चलचित्र आगामी वर्षको जनवरी ८ मा रिलिज हुने बताइएको छ । सन् १९२० को भारतको परिदृश्यको कथा देखाइने 'आरआरआर'मा अभिनेता राम चरण, एनटिआर जुनियर, आलिया भट्ट, अजय देवगनको मुख्य भूमिका रहने छ । भारतीय मिडियाका अनुसार भारतका विभिन्न १० प्रान्तीय भाषामा रिलिज हुने छ ।