नेपाली सिनेमा क्षेत्रमा आस लाग्दी नायिका हुन् आना शर्मा । पहिलो चलचित्र ‘जेरी’बाट नै आनाले राम्रो चर्चा पाइन् । अनमोल केसीको अपोजिट भएर जेरीमा काम गरे पश्चात् आनाको फ्यान फलोइङ पनि धेरै नै छ । जेरीमा काम गरे पश्चात् करिब तिन वर्ष सम्म आनाले कुनै चलचित्रमा काम गरेकी थिइनन् । तिन वर्ष पछि आना अभिनित चलचित्र ‘ग्याङस्टार ब्लुज’ प्रदर्शनको क्रममा रहेको छ । जुन चलचित्र भदौ २ गतेबाट प्रदर्शन हुने छ ।
हाल उक्त चलचित्रको प्रमोसनमा नै व्यस्त रहेकी आनाले आफ्नो प्रेम सम्बन्धको बारेमा केही कुरा खुलाएकी छिन् । नयाँ पत्रिकालाई दिइएको अन्तवार्तामा उनले आफ्नो प्रेम सम्बन्ध बारेमा बताएकी हुन् । आफू १३ वर्षको हुँदा कसैको प्रेममा रहेको खुलाएकी छिन् ।‘१३ वर्षको हुँदा म कसैको प्रेममा थिए । १६ वर्षको हुँदा सम्म डेट गए । तर पछि नचाहँदानचहाँदै लभ टुट्यो ।’ आना भन्छिन् ।