पूर्वपोर्नस्टार सनी लियोनी आमा बन्ने भएकी छन् । उनले हालै एउटा अन्तर्वार्तामा आमा बन्न लागेको खुलासा गरेकी हुन् । सनीले उक्त अन्तवार्तामा केहीदिनमा आफ्नो हातमा एउटा बच्चा हुने र बच्चालाई देखेर मान्छेहरु त्यो बच्चा कहाँबाट आयो भनेर चकित परुन भनेकी छिन् । सनीको अभिव्यक्तिबाट उनी सेरोगेसीको मद्दतबाट आमा बन्न लागेकी भारतीय मिडियाले ठोकुवा गरेका छन् ।
बलिउडमा पछिल्लो समय सेरोगेसीकाो प्रचलन बढेको छ । अमिर खान, साहरुख खान, करण जोहर, सोहेल खान, तुसार कुपरलगायतका केही सेलिब्रेटीहरु यहि प्रक्रियाबाट बाबु बनेका छन् ।