कन्नाड फिल्म ‘दन्डुपाल्या–२’को एउटा सिन हालै लिक भएको भयो । उक्त सिनमा अभिनेत्री सन्जना गलरानी नग्न देखिएकी छिन् । पहिला यो दृश्य फिल्मकै लागि खिचिएको थियो । तर, क्षेत्रीय सेन्सर बोर्डले आपत्ति जनाउँदै हटाउन लगाएको थियो ।
अभिनेत्री सन्जनाले आफ्नो सो न्युड दृश्य पब्लिसिटी स्टन्टका लागि नभएको दाबी गरेकी छिन् । सो फिल्मका निर्देशक श्रीनिवास राज हाल देशबाहिर रहेको र उनी आउनेबित्तिकै यसबारे कुरा क्लियर गर्ने उनले बताएकी छिन् ।
लिक भएको दृश्यमा केही पुलिसले जेलभित्र सन्जनालाई टर्चर दिइरहेको देखिन्छ । सोही क्रममा एकजना पुलिस अफिसर आउँछन् र सन्जनालाई नांगै बनाउँछन् । चर्चामा आउनका लागि सन्जनाले राजीखुसीमा नग्न दृश्य खिचाएको आरोप पनि लगाइने गरिएको छ । उनले भने आफूले अर्कै उद्देश्यले उक्त दृश्य दिएको, तर बाहिर भने बदनाम हुने गरी आएकोमा दुःख व्यक्त गरेकी छिन् ।