गत बर्षको सुपहहिट चलचित्र ‘छक्का पन्जा’ले सुटिङ गरेको गाँउमा स्थानियलाई एम्बुलेन्स वितरण गरेको छ । काभ्रे पलाञ्चोकको पनौति स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई चलचित्र ‘छक्का पञ्जा’को सम्पुर्ण टिमले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका थिए । शुक्रबार ‘छक्का पञ्जा २’को गीत रिलिज गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सहकारी संस्थालाई एम्बुलेन्स दिइएको थियो ।

दिपक दिपाले ‘छक्का पञ्जा’ सफल भएपछि सुटिङ गरेको गाँउमा एम्बुलेन्स वितरण गर्न घोषणा गरेका थिए । यतिबेला चलचित्रका टिम ‘छक्का पञ्जा २’को सम्पादनमा दौडधुपमा लागेका छन् । चलचित्र असोज ११ गतेबाट प्रदर्शन हुने छ ।