पछिल्लो समय भारतमा गरिएको लकडाउनका कारण सम्पूर्ण फिल्म इन्डस्ट्री पूर्ण रूपमा बन्द छ । जसका कारण बलिउडका कलाकार तथा फिल्म कर्मी यति बेला घरमै छन् । पछिल्लो एक महिना यता कुनै पनि चलचित्र सम्बन्धी काम नहुँदा फिल्म कर्मी र दर्शकमा एक किसिमको निराशा पन आएको छ । यसै बिच केही फिल्म मेकर्सहरुले दर्शकलाई आफ्नो आगामी योजना बताइरहेका छन् । भर्खरै शिरीष कुन्दरले निर्देशन गर्ने चलचित्रको चर्चा बलिउड मिडियामा चलिरहेको छ । फराह खानले निर्माण गर्ने चलचित्र 'मिसेस सिरियल किलर'को ट्रेलर सार्वजनिक भएको छ । नेट्फ्लिक्समा रिलिज गरिने यस सस्पेन्स क्राइम थ्रीलर फिल्ममा ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका रहने छ । यसमा मनोज बाजपेयी र मोहित रैनाको पनि मुख्य भूमिका रहने छ । चलचित्र मे १ देखी नेट्फ्लिक्समा रिलिज हुने छ ।