केहि समय अघि मात्र बलिउड अभिनेत्री सन्नी लियोनीले आमा बन्न चाहेको र चाँडै नै आमा बन्ने बताएकी थिइन् । नभन्दै उनि यतिबेला आमा बनेकी छिन् । सन्नी लियोन र उनका पति डेनियल वेबरले २१ महिनाकी बालिकालाई छोरी बनाएका छन् । महाराष्ट्र राज्य लातूर की यी बालिकाको नाम सन्नी लियोनले निशा कौर वेबर राखेकी छिन् । दुई बर्ष पहिला नै सन्नीले आफु धर्मपुत्र पुत्री राख्न कानुनी रुपमा निवेदन दिएकी थिइन ।
सन्नीले एक अन्तवार्तामा धर्म पुत्रीका लागी दुई बर्ष अघि नै कानुनी रुपमा प्रक्रिया अगाडी बढाएको बताएकी थिइन् । दु्ई बर्ष लामो कानु्नी प्रक्रियापछि आफुहरु बच्चा लिन जाँदा सन्नी र उनको पति वेबर निकै खुसी भएको बताएका छन् । अनाथलय जादाँ छोरी एडप्ट गर्ने सोच आएको बताउने सन्नीले सम्पुर्ण कानुनी प्रक्रिया अपनाँउदा दुई बर्ष लागेको बताएकी छिन् ।