असोज ११ लाई प्रर्दशन मिति तोकेर रिलिज गरिएको पहिलो गीतबाट नै चलचित्र ‘छक्का पन्जा २’ले नयाँ रेकर्ड राख्न सफल भएको छ । शुक्रबार सार्बजनिक ‘नसमाउ नाडीमा’ बोलको गीतले २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने रेकर्ड कायम गरेको हो । गीतलाई २४ घण्टामा ८ लाख भन्दा बढीले हेरेका थिए । यस भन्दा अघि यो रेकर्ड चलचित्र 'ए मेरो हजुर २'को पोल्टामा थियो ।

 

सफल चलचित्र 'छक्का पन्जा'को सिक्वेल भएका कारण पनि दर्शक माझ यो गीतलाई धेरैले प्रतिक्षा गरेका थिए । अल्मोडा राना उप्रेती र सुजता वर्माको आवाजमा रहेको गीतमा प्रिन्स र स्व. कान्छा मगर नेपालीको संगीत रहेको छ भने शब्द दिपराज गिरी र प्रिन्सको रहेको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दिपकराज गीरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।