यस बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएसंगै नयाँ रेकर्ड कायम गरेको छ । सार्बजनिक ट्रेलरले २४ घण्टामा ५ लाख भन्दा बढीले हेरिसकेका छन् जुन अहिले सम्म कै छोटो समयमा धेरै पटक हेरिएको ट्रेलर हो । यस अघि 'लुट २'को ट्रेलरलाई सबै २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिएको थियो । यता चलचित्र 'ए मेरो हजुर २'को 'कसम हो कसम' बोलको गीतले पनि रेकर्ड राख्न सफल भएको थियो ।

 

सार्वजनिक ट्रेलरलाई दर्शकले निकै रुचाईरहेका छन् । बिशेषगरी सलिन मान बनियाँ र साम्राज्ञीको जोडीलाई दर्शकले मन पराएका छन् । चलचित्रलाई अभिनेत्री झरना थापाको निर्देशन गरेकी हुन् । चलचित्रमा सलिन र साम्रगीका अलावा सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, वील्सन विक्रम राई लगायतको भूमिका रहेको छ। चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । 'ए मेरो हजुर २' भाद्र १६ गतेबाट प्रर्दशन हुनेछ ।