हाल चलचित्र 'कृ' को सुटिङ व्यस्त रहेका नायक अनमोल केसीको चर्चा भारतीय मिडियाले गरेको छ । उनलाई नेपालको सुपरस्टार भन्दै एक चर्चित अनलाई मिडियाले लेखेको हो । अनमोललाई नेपालको एक मात्र यस्तो कलाकार जसको सम्पूर्ण सिनेमा हिट रहेको र सबै भन्दा मंहगो कलाकार रहेको बताइएको छ ।
चलचित्र 'होस्टेल' बाट डेव्यु गरेका अनमोलले त्यस पछि 'जेरी', 'ड्रिम्स', 'गाजलु'मा काम गरिसकेका छन् । थोरै चलचित्रमा काम गरेका अनमोलको सबै चलचित्र सुपरहिट भएको थियो । उनी पछिल्लो समय मंहगो कलाकारको रूपमा पनि परिचित छन्। उनले चलचित्र 'कृ' को लागी २० लाख पारिश्रमिक लिएका थिए । जुन नेपाली कलाकारले लिएको पारिश्रमिक भन्दा धेरै हो । अनमोल अहिले आफ्नो नयाँ चलचित्र कृ को छायाँकनमा बन्दीपुरमा छन् । सुरेन्द्र पौडेलको निर्देशनमा बनिरहेको कृ मा अनमोल नव नायिका अदिथि बुढाथोकीको साथमा देखिन्दै छन् ।