लामो समयमा सिनेमा क्षेत्रबाट टाढा रहेका अभिनेता रमेश उप्रेतीले निर्माताहरुसँग माफी मागेको छन् । शुक्रवार चलचित्र ‘ए मेरो हजुर २’को एक कार्यक्रममा बोल्दै रमेशले नेपाली चलचित्रका निर्माताहरुलाई आफूले निकै दुख दिएको भन्दै माफी मागेका हुन् । ‘मलाई चलचित्रमा दुःख दिने हिरोको रूपमा हेरिन्छ । मैले जानी नजानी धेरै निर्मातालाई दुःख दिएको छु । आज सबैको सामु माफी माग्न चाहान्छ् ’ उनले कार्यक्रममा बोल्दै भनेका थिए ।
हाल चलचित्र ‘ऐश्वर्य’को निर्माण गरेका रमेशले आफूले चलचित्र निर्माण गर्दा पुराना दिन सम्झिएको बताए । ‘चलचित्र निर्माण गरेपछि दुःख बेहोर्नुपर्दा बल्ल थाहा भयो मैले निर्माताहरुलाई कति सताएको रहेछु ’ उनले भने । लगभग ९ वर्ष अमेरिका बसेका रमेशले गत वर्ष चलत्रिच ‘ब्रासलेट’बाट कमब्याक गरेका थिए ।