भारतका चर्चित कमेडियन अर्थात कपिल शर्मा डिप्रेसनमो सिकार भएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा मुसिदै आइरहेका कपिल डिप्रेसनको शिकार भएको उनकै बहिनीले खुलासा गरेकी छिन् । केही समय अघि कपिल सुटिङको क्रममा बेहोस भएको थिए । लगातार सुटिङ सेटमा तिन पटक बेहोस भएपछि कपिलको स्वास्थ्य अवस्था ठीक नभएको उनकी बहिनीले बताएकी छन् ।
लगातार आफ्नो कामलाई निकै जिम्मेवारीपूर्वक गर्दै आएको तर कपिल बिमारी भएको बारेमा आधिकारिक रुपमा जानकारी नदिँदा मिडियामा उनको बारे अपबाह फैलिएको कपिलकी बहिनी पूजाले बताईन । केही समय अघि कपिल सुटिङ सेटमा बेहोस भएपछि गैर जिम्मेवार भएको आरोप लागेको थियो ।