चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनको नजिक आइरहन्दा प्रमोसनमा भने आक्रमक तरिकाले लागेको छ । केही समय अघि देशदौडाहबाट फर्किएको प्रेमगीत २ टोलीले राजधानीमा पनि भव्य कन्सर्ट सम्पन्न गरेको छ । शुक्रवार र शनिवार चलचित्र टिमले ललितपुरको लगनखेल, भक्तपुरको सूर्य्विनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ बसपार्कमा कन्सर्ट आयोजना गरेको थियो ।

कन्सर्टमा प्रेमगीत २ को टिमसँग रमाउन दर्शकको बाक्लो उपस्थिति रहेको थियो । रामशरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माणमा तयार भएको ‘प्रेमगीत २’मा प्रदीप खड्का र नव नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ । साउन १घ गते प्रदर्शन हुने ‘प्रेमगीत २’को कन्सर्टमा दर्शकले देखाएको मायाले निकै उत्साहित बनाएको बताए।