युवामाझ चर्चित रहेका पप स्टार जस्टिन बिबरलाई चीनमा कन्सर्ट गर्न प्रतिबन्ध लगाइएको छ । २२ वर्षका क्यानडियन गायक बिबरले २०१३ मा चीनमा कन्सर्ट गरेका थिए । उक्त समय बिबर बेइजिङ र ग्रेटवालमा ‘स्केटबोर्डिङ’ गरेकाले विवादमा आएका थिए । चिनियाँ अधिकारीहरुको अनुसार जस्टिनको खराब आचरण भएको कारण चीनमा ल्याउनु उपयुक्त नभएको बताइएको छ ।
बेइजिङको सांस्कृतिक विभागले भनेको छ, ‘हामी आशा गर्छाैँ, जस्टिन बिबरमा परिपक्वता आउनेछ । उनले आफ्नो बोली र व्यवहार सच्चाउन सक्नेछन् । उनी पब्लिकले मन पराउने एक असल गायक बन्नेछन् ।’ प्राय जसो जस्टिन विवादमा मुसिरहेका हुन्छन् । उर्नी मध्यपान सेवन गरी सवारी साधन चलाएकोको कारण पनि अमेरिकामा पक्राउ परिसकेका छन् । यसअघि हलिउडका केही चर्चित गायकलाई चीनमा प्रतिबन्ध लगाइएको छ ।