मिस नेपाल (२०००) उषा खड्गीले फिल्म निर्माण गर्ने भएकी छिन् । काठमाडौँ आइतबार एक कार्यक्रम बिच चलचित्र ‘आउँदै जाँदै’को घोषणा गरिएको छ । चलचित्रलाई उषाका पति जिपी तिमल्सिनाले निर्देशन गर्ने छन् । रोमान्टिक कमेडी जनरामा बन्ने चलचित्र तिहार पछि फ्लोरमा जाने छ । चलचित्रको लागी भने कलाकार तय नभएको निर्माण पक्षले जनाएको छ । २६ वर्षका युवाहरुको प्रेम कथालाई पर्दामा उतारिने भएकोले चाँडैनै कलाकार तय गर्ने निर्देशक तिमल्सिनाले जानकारी दिए ।
करिब एक करोडको बजेटमा बन्ने बताइएको चलचित्र ‘आउँदै जाँदै’को सुटिङ काठमाण्डौँ, पोखरा, चितवन र पश्चिम नेपालमा हुने छ । सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको रहेको फिल्म ‘आउँदै जाँदै’ मा सन्तोष अधिकारी र मनोज बदेल सह निर्माताको रुपमा रहेका छन् ।