अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र रुद्रप्रियाको पोस्टर सार्वजनिक भएको छ ।

७ बर्ष पछि एक साथ चलचित्रमा देखिन लागेका रेखा र आर्यनको उक्त पोस्टरमा दुईलाई फरक रुपमा प्रस्तुत गरिएको छ ।

लक्ष्मीपूजाको दिन प्रदर्शन हुन लागेको चलचित्रलाई रेखा स्वंयमले निर्माण गरेकी हुन् । चलचित्रको छायाँकन केही दिन अघि सम्पन्न भएको थियो ।
