अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला आफ्नो चलचित्रको लागी कथाको खोजी गरिरहेकी छिन् । केही समय अघि निर्देशक दिनेश राउतसँग 'टकिला सनराइज' नामक चलचित्र निर्माण गर्ने भनिएता पनि उक्त चलचित्र तय भइसकेको थिएन् । उनले सामाजिक सञ्जाल इन्स्ट्रग्राम मार्फत आफ्नो चलचित्र निर्माण कम्पनी हाइली हाई इन्टरटेन्टमेन्टबाट चलचित्र निर्माण गर्ने लागेको र उक्त चलचित्रको लागी नयाँ र भिन्न प्रकारको कथा अवश्यक भएको बताएकी छिन् ।
