बलिउडका चर्चित अभिनेता–अभिनेत्रीहरुको व्यस्तता चलचित्रमा अभिनय गरेर मात्र हुन्न् । उनीहरू ‘हाइ क्लास’ बिहे पार्टीमा नाच्ने पनि गर्छन् । हाइ क्लासको बिहे पार्टीमा नाच्दा उनीहरू महँगो शुल्क लिने गर्दछन् । यस भित्र शाहरुख खान, सलमान खानदेखि शनि लियोन र सोनाक्षी सिन्हासम्म पर्छन् ।एउटा पार्टीमा नाचेबापत लिने पारिश्रमिक सेलेब्रिटीअनुसार फरकफरक छन् ।
बिहेका नाच्नेमा सबै भन्दा बढी पारिश्रमिक लिने शाहरुख खान छन् । उनले एउटा बिहेमा नाचे बापत ३ करोड भारु लिन्छन् । शाहरुखभन्दा सलमानको रेट निकै नै कम छ । सलमान २ करोडमै आफ्नो प्रस्तुति देखाउँछन् । अभिनेत्री प्रियंका चोपडाको माग सलमानको भन्दा बढी हुन्छ । प्रियंका २ करोड ५० लाख रुपैयाँ लिन्छिन् । यस्तै अभिनेताद्वय अक्षयकुमार र ऋतिक रोशन दुवैको पारिश्रमिक बराबर छ । उनीहरू पनि बिहे पार्टीमा नाचेबापत २ करोड ५० लाख रुपैयाँ लिन्छन् । भारतमा चर्चामा रहेकी अभिनेत्री शनि लियोनको रेट भने निकै कम छ । उनी २५ लाखमै यस्ता पार्टीमा नाचिदिन्छिन् । शनि र सोनाक्षी सिन्हाको रेट समान छ । अर्की अभिनेत्री मलाइका अरोराले भने ३५ लाख लिने गरेकी छिन् ।
बलिउडमा निकै राम्रो नाच्ने पछिल्ला अभिनेतामा पर्छन्, रणवीर कपुर र रणवीर सिंह । तर, सिंहले १ करोड पारिश्रमिक लिँदा कपुरले भने २ करोड रुपैयाँ लिन्छन् । अभिनेत्री क्याट्रिना कैफले पनि पार्टीमा नाचेबापत १ करोड लिने गरेकी छिन् ।