नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘धुम २’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेन्डी फिल्मस् प्रा.लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘धूम २’ को रिलिज भाद्र ८ गतेलाई फाइनल गरिएको छ । जय किशन बस्नेत फिल्मका नृत्य निर्देशन, लेखक, निर्माता र निर्देशक समेत हुन् । चलचित्रमा जय किशन बस्नेतको मुख्य भुमिका रहेको छ ।
चलचित्र मनोरञ्जनात्मक रहेको निर्माण पक्षले दावी गरेको छ ।चलचित्रमा जय किशनको अलावा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा एन.बि. महर्जनको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ ।