आफ्नो बायोपिक चलचित्रको सुटिङमा व्यस्त रहेका संजय दत्तले आफ्नो जीवनमा घटेका केही घटनाहरुको खुलासा गरेका छन् । केही समय देखि संजय दत्तको एउटा भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा संजयले आफ्नो जेल जीवनको बारेमा बताएका छन् ।
उनले जेल जीवनको समयमा झिंगा परेको खाना खानु परेको खुलासा गरेका छन् । भिडियोमा उनले जेलमा रहेको बेला खानामा झिंगा पर्ने र झिंगा फ्यालेर पनि खाना खानु पर्ने अवस्था रहेको बताएका थिए ।