सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार युट्युबमा सार्वजनिक ट्रेलर निकै भावुक बनाउने खालको रहेको छ । जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित यस चलचित्रमा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका रहेको छ । मुकेश चब्राको निर्देशन रहेको चलचित्रमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त डुबेका छन् । चलचित्रमा दुईको केमेस्ट्री निकै मिलेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ । ‘दिल बेचारा’ सन् २०१४ को सफल अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो  । बलिउडका सशक्त अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र भएका कारण पनि दर्शकले यसलाई निकै प्रतीक्षा गरिरहेका छन् । सुशान्तले गत १४ जुनमा आफ्नै निवासमा आत्महत्या गरेका थिए । उनको रहस्यमाया आत्महत्याको अनुसन्धान भइरहेको छ ।