पछिल्लो केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा विभिन्न प्रकारका घटनाहरु घटिरहेका छन् । प्राय कलाकार आफुलाई चर्चामा राखिरहन विभिन्न प्रोपोगाण्डा गरिरहेका हुन्छन् । नाम नभए पनि बदनामकै भरमा ध्यानाकर्षण गराउन खोज्ने पनि नभएका होइनन्। त्यस्ता केही कलाकार यस क्षेत्रमा टिकिरहेका छन् पनि ।
फिल्म नै अध्ययन गरेका निर्देशक निर्माता र शिक्षित कलाकारको आगमनसँगै सिर्जनशिल व्यक्तिहरुको उदाएका छन् । जसका कारण चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनलाई बढ्दो बक्सअफिस कलेक्शन र नेपाली चलचित्रको दर्शक फ्लोले पुष्टि गर्छ।
तर एक महिना यता केही यस्ता घटना घटे जसका कारण सिने नगरी र यससँग जोडिएकाहरुबाट नकारात्मक सन्देश प्रवाह भएको छ। केही घटनाक्रम तल उल्लेख गरेका छौंस्
नायिकाकाे अश्लिल भिडियो र नाङ्गा फोटो
केही हप्ताअघि एक नायिकाको अश्लिल भिडियो भाइरल बनेको थियो । नेपाली चलचित्रमा सक्रिय रहेकी उक्त नायिकाले भाइरल भएको भिडियो आफ्नो नभएको दाबी गरे पनि उनकै भएको भन्दै खबर सार्वजनिक भए। पोर्न हबमा समेत राखिएको उक्त भिडियोको बारेमा उजुरी समेत गरेको नायिकाले जानकारी दिएकी थिइन् । भिडियो भाइरल बनेको हप्ता दिन पनि नबित्दै सुजना ढकाल नाम गरेकी एक मोडलले आफ्नो नाङ्गा तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिन् ।मध्यरातमा पोस्ट गरेको तस्बिरमा उनको हातमा बियर थियो भने आफ्नो समंवेदनशिल अंग उनले हात र बियर बोतलले छोपीएको थियो । ढकालले एक पत्रिकामा अन्तवार्ता दिँदै आफ्नो मोबाइल हराएको र मोबाइलमा भएको फोटो कसैले पोस्ट गरेको बताएकी थिइन् । उनले आफु होटलमा रहँदा गर्मीको कारण लुगा नलगाए र सोही समय दिदीले तस्बिर खिचिदिएको कुतर्क गरिन् । नग्न तस्बिर भाइरल भएको यो काण्ड यो मात्र होइन् । हालै लण्डनमा सम्पन्न भएको अवार्डमा एक चर्चित नायक र नायिकाकाे नग्न अवस्थामा एउटै बेडमा सुतेको फोटो बाहिरिएको थियो । बिवाहित रहेका नायकको उक्त फोटो सार्वजनिक नभए पनि सिमित व्यक्ती सम्म भने लिक भयो ।
नव–नायिका माथि दुर्व्यवहार
सिनेमा क्षेत्रमा नव–नायिका माथी दुर्व्यवहार भएको यो पहिलो घटना होइन । फिल्ममा करियर बनाउने सोच सहित आएका कतिपय नायिकाहरु निर्देशक, निर्माताको दुर्व्यवहारका कारण गुपचुप पछि हट्छन्। यस बिषयमा नायिकाहरुको आवाज कमै मात्र उठ्ने गर्छन्। तर ठिक विपरित प्रस्तुत भइन् नायिका स्यारोन श्रेष्ठ । यहि असार ३० गते प्रदर्शन भएको चलचित्र ‘सायद २’ की नव नायिका स्यारोनले चलचित्र प्रदर्शन भएको केही दिन नबित्दै निर्माता सुनिल रावलले दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । पत्रकार सम्मेलन गर्दै उनले निर्माता रावलले आफुलाई प्रेमिका बन्ने देखि लिएर छायाँकनको समयमा शारीरिक र मानसिक तनाव दिएको बताएकी थिइन् । स्यारोनले रावलको बारेमा खुलासा गरेसँगै चर्चित मोडल तथा नायिका प्रकृति श्रेष्ठले फेसबुकमा स्टाटस राख्दै स्यारोनलाई साथ दिएकी थिइन् ।

रावलले नै निर्माण गरेको चलचित्र ‘होस्टेल’मा काम गरेकी प्रकृतिले आफुलाई काम गरेको पैसा नदिने, कलाकारलाई हेप्ने गरेको लेखेकी थिइन् । हाल प्रकृति अष्ट्रेलियामा छिन् । सम्भावना बोकेकी नायिकाको रुपमा रहेकी प्रकृति म्युजिक भिडियो लगायत केही चलचित्रमा काम गरिसकेकी छिन् । एक पछि अर्की नायिकाले निर्माता सुनिल रावलको बारेमा खुलासा गरिरहन्दा नायिका स्यारोन श्रेष्ठ र निर्माता रावल बिच सोमबार मिलेमतो भएको छ । बुझिए अनुसार नायिका स्यारोनलाई धम्की समेत दिइएको थियाे। त्यसै कारण उनले मिल्ने कुरालाइ स्विर्कार गरेकी हुन्। तर सत्य कुरा के हो र कसरी मिलेमतो भयो त्यो बाहिर आएको छैन् ।
पत्रकारलाई धम्की
केही समयअघि चलचित्र ‘प्रेमगीत २’को बारेमा नराम्रो समाचार सम्प्रेसन गरेको भन्दै पत्रकार मनिष दाहाललाई ज्यान मार्ने धम्की आएको थियो। केही महिना नबित्दै रंगपत्रकारको साथै चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य रहेका उत्सब रसाइलीलाई अभिनेत्रीको साथै निर्मात्री रहेकी सुस्मिता केसीले ज्यान मार्ने समेत धम्की दिएकी छिन् । कहिले चलचित्र ‘प्रेमगीत २’को कुरा र कहिले निर्माता सुनिल रावलको कुरा जोडेर समाजिक सञ्जालमा अभिनेत्री केसीले पत्रकारलाई गाली गलौज सहित स्टाटस पोस्ट गर्दै आइरहेकी थिइन् । केसीले मंगलबार बिहान उत्सबलाई जातीय र लैगिक हिँसा हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र प्रभाइभेट म्यासेज बक्समा ‘रसाइली जात के हो’? ‘उत्सव बहिनी उप्स सरी भाई’ जस्ता लेखेकी थिइन् । उत्सबले प्रतिउत्तरमा ‘युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नु भयो । म दलित समुदायमा पर्दछु । मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ । थप अरु के जान्न चाहानुहुन्छ ? र, सुस्मिता बम्जन उर्फ केसी तपाईलाई रमाइलो गर्ने साह्रो सोख चलेछ, आउनुस् स्टार मलको पहिलो तल्लामा बसेर धित मरुञ्जेल रमाइलो गराइदिन्छु र म भाई हो कि बैनी त्यो पनि प्रष्टसँग देखाइदिन्छु। अन्त्यमा अनमोल केसी आमालाई सम्हाल्नुस्,आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्जवल हुन्छ ।’ यस्तो लेखेका थिए । स्टाटस लेखेको केही समय नबित्दै सुस्मिताले रसाइलीलाइ फोन गरेर धम्काएकी थिइन् । जुन कुराकानी तल जस्ताको त्यस्तै रहेको छ ।
उत्सवः हेलो‘
सुस्मिताः हेलो‘
उत्सवः हजुर हजुर
सुस्मिताः को उत्सव हो ?
उत्सवः अ उत्सव बोल्दैछु ।
सुस्मिताः ओइ गधा त कहाँ भन त, म आउँदैछु ।
उत्सवः म स्टार मलमा छु दिदी, भन्नुन ।
सुस्मिताः म आउँदैछु । आज तेरो बाउको बिहे नदेखाइ छोड्दिन, पख न ।
उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ ।
सुस्मिताः पर्खिराख त्यहाँ मलाई । कतिबेज होइन, आधा घन्टामा आउँछु । तैले अती निहुँ खोजिस्, आज म तलाइ देखाउँछु ।
उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ ।
सुस्मिताः कतिबेज होइन । भागिस् भने फेरि‘
उत्सवः कतिबजे आउनुहुन्छ ।
फोन सम्पर्क विच्छेद भयो)
यी दुईको कुराकानी भएको केही समयमा केही अपरिचित व्यक्ति उत्सब संचालक रहेको रमाइलो छ डटकमको कार्यलयमा आएको उनी बताउछन् । यी घटनालाई निल्यादै गरेको चलचित्र पत्रकार संघले अभिनेत्री सुस्मितालाई तीन दिनभित्र लिखित स्पष्टिकरणको मागसहित पत्रकार रसाइलीसँग माफी नमागे चलचित्र पत्रकारहरुले सुस्मिताको विषयमा कलम नचलाउने चलचित्र पत्रकार संघ, नेपालले एक विज्ञप्ती जारी गर्दै निर्णय पनि गरेको छ ।
हरेक दिन नयाँ यसरी केही न केही घटना घटिरहन्दा नेपाली चलचित्र क्षेत्रलाई बाहिर बाट नियाली रहेका प्रति कस्तो खालको संदेश प्रवाह हुन्छ त्यो बुझ्न जरुरी छ ।