पछिल्ला केही दिनमा सामाजिक सञ्जाल मा निकै सुनिएको र चर्चामा आइरहेको गीत हो 'के माया लाग्छ र ?' । टिकटक देखी सामाजिक सञ्जालमा ट्रेन्डमा रहेको यस गीत दुई हप्ता अगाडी सार्वजनिक भएको थियो । निशान भट्टराई र एलिना चौहानको आवाज रहेको गीतको भिडियो पनि निकै रुचाइएको छ । गीतको भिडियोमा कलाकार मुकुन भुसाल र नायिका सुरविना कार्की फिचर्ड छन् । दर्शकले मुकुन भुसाललाई त केही पहिले देखी नै मन पराएकै हुन् र यस गीतमा पनि उनको अभिनयले दर्शकको मन जितेको छ ।
गीतमा मुकुनको जोडीको रुपमा प्रस्तुत भएकी नायिका सुरविनालाई पनि दर्शकले मन पराएका छन् । उनको अभिनय दर्शकको आँखामा पर्न सफल भएको छ । केही वर्षयता भारतमा रहेर मोडलिङ गर्दै आएकी उनलाई यस गीतले चर्चामा ल्यायो । चलचित्र ‘झेली’ मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी सुरविनालाई यस गीतले फेरी नेपालमा नै अभिनयको दुनियाँमा फर्कने बनाइदिएको छ ।
यस अघि खासै दर्शकले उनको कामलाई नोटिस नगरे पनि अब भने उनलाई धेरैले चिनेका छन् । योसँगै सुरविनाले नेपाली चलचित्र र म्युजिक भिडियोमा निरन्तर काम गर्ने योजना बनाउन थालेकी छिन् ।