गायिका स्मिता दाहालको स्वर रहेको गीत 'मायालु तिमी कता छौ' एक वर्ष अगाडी निकै चलेको र रुचाइएको गीत हो । यो गीत आज पनि उत्तिकै सुनिन्छ । दर्शकको माया र साथ पाएपछि यसै टिमले फेरी अर्को गीत सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिन अघि गीतको टिजर समेत रिलिज गरिएको छ ।
यस गीतबाट गायिका स्मिता दाहालको आवाज निकै रुचाइयो । नेपाली गीत सङ्गीत पारखीलाई स्मिताको आवाजले खुसी र आनन्द दुवै दियो । जसको फल स्वरूप उनी एक पछि अर्को गर्दै गीतमा आवाज दिइरहेकी छिन् । यसै क्रममा स्मिताको आवाजमा मायालु तिमी कता छौ भाग २ सार्वजनिक हुन लागेको हो ।
उनी पछिल्लो समय व्यस्त गायिकाको रुपमा पनि चिनिन्छिन् । गीतको भिडियोमा पल शाह र खड्का फिचर्ड छन् भने साउन १ गते गीतको भिडियो सहित सार्वजनिक गर्ने तयारीमा टिम लागेको छ ।