कलाकार संचारकर्मी तथा लेखक शिशिर भण्डारी अभिनीत गीत 'फोटो फिरिममा'ले यति बेला निकै चर्चा पाइरहेको छ । शिशिर भण्डारीकै शब्द रहेको गीतमा उनको साथमा अभिनेत्री रिस्ता बस्नेतको अभिनय रहेको छ । गीत मा प्रताप दासको स्वर रहेको छ भने यो गीत गायिका रचना रिमालको गीत फोटो फिरिममाको मेल भर्जन समेत हो । गीत को अडियो तथा भिडियो निकै सुन्दर बनेको छ भने रिस्ता र शिशिरको अभिनयाँ दर्शकले निकै मन पराएका छन् । दर्शकले शिशिर भण्डारी एक कुशल कलाकार पनि भएको र उनले नेपाली गीत सङ्गीत क्षेत्रमा एउटा इँटा थपेको प्रतिक्रिया दिएका छन् । यति बेला गीत ट्रेन्डिङको ४ नम्बरमा रहेको छ । यिनै बहु प्रतिभाका धनी संचारकर्मी तथा कलाकार दुवै माध्यमबाट दर्शकको मनमा बस्न सफल शिशिर भण्डारीलाई तस्बिरमा हेरौँ!