बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ यतिबेला फिल्म ‘जिंदा है टाइगर’को सुटिङमा व्यस्त छन् । यसै फिल्मका लागी मोरक्को पुगेका सलमान र कटरिनाले फिल्मको सुटिङमा भएको केही रमाइलो तस्बिरहरु समाजिक सञ्जालमा पोस्ट गर्दै आइरहेका छन् । सलमान भन्दा बढि समाजिक सञ्जालमा तस्बिर पोस्ट गर्न कटरिना अगाडी छिन् । हालै उनले पोष्ट गरेको एक तस्वीरमा सलमान मुख छोपेर हाँसेका छन्। कट्रिना पनि सँगै निकै हाँसेकी छन्। आखिर कटरिनाले सुटिङमा सलमानलाई त्यस्तो के भनिन् की सलमान लाजले भुत्तुकै भए? यो भने कट्रिनाले केही खुलाएकी छैनन्।
लामो समय सम्म एक अर्कासँग बोलचाल बन्द भएको सलमान र कटरिनाको सम्बन्धमा यतिबेला सुधार आएको छ । आफ्नो खस्किदो करियरलाई उकास्न कटरिनाले सलमानको हात फेरी समातेकी छिन् । यी दुई पूर्व प्रेमील जोडी फेरी एक हुन सक्ने सम्भावना धेरै रहेको भारतिय मिडियाले जनाएको छ ।