मोडल तथा अभिनेत्री रियाशा दाहाल पछिल्लो समय निकै व्यस्त छिन् । उनी एक पछि अर्को काममा व्यस्त छिन् भने उनले अभिनय गरेका म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । म्युजिक भिडियोमा निकै रुचाइएकी दाहालले पछिल्लो समय सुधिर श्रेष्ठ लगायत कलाकारसँग एकसाथ देखिइरहेकी छिन् । उनले केही समय अघी अभिनेता पल शाहसँग स्क्रिन सेयर गर्दै म्युजिक भिडियोमा काम गरेकी थिइन् जुन निकै रुचाइयो । रियाशाका आफ्नै फ्यान फलोइङ छन् भने अझ पलका फ्यान फलोइङ निकै नै छ । यसरी राम्रो क्रेज भएका यी दुई कलाकारलाई लिएर म्युजिक भिडियो बनाउनेको सङ्ख्या बढिरहेको छ । यसै गरी यो जोडीलाई प्रेमिल जोडीको रूपमा प्रस्तुत गर्दै नयाँ म्युजिक भिडियो सार्वजनिक हुन लागेको छ । गीतको यति बेला भिडियोको काम भइरहेको छ । यस आगामी भिडियोमा पल र रियाशालाई केही फरक अवतारमा देख्न पाइने अनुमान गर्न सकिन्छ । तस्बिरमा हेरौँ पल र रियाशाका प्रेमिल तस्बिर: