नेपाली सिनेमा नगरीमा सौगात मल्ल नौलो नाम होइन । भर्सटाइल अभिनेताको टाइटल पाइसकेका सौगात व्यस्त कलाकारमा पर्छन् । उनी यति सम्म व्यस्त हुन्छन् की आफ्नो चलचित्रको प्रमोसन गर्न समेत भ्याउदैन्न । यसै वर्ष मात्र सौगात अभिनित आधा दर्जन चलचित्र प्रदर्शनको क्रममा रहेको छ । सौगातको चर्चा अभिनयको साथै पछिल्लो समय प्रेम सम्बन्धले पनि बढी हुने गर्दछ् । उनी अहिले पूर्व मिस नेपाल समेत रहेकी नायिका श्रृष्टि श्रेष्ठको प्रेममा छन् । सुरुका दिनमा आफूहरू साथी मात्र रहेको दाबी गर्ने यी दुईले पछि प्रेम सबन्धमा रहेको र नरहेको खुलाएका छैनन् ।

प्रेम सम्बन्धको बारेमा खासै बोल्न नचाहने सौगातलाई चलचित्र ‘संरक्षण’ को एक कार्यक्रममा ‘तपाईँ कतिको रोमान्टिक हुनुहुन्छ ? ’ भनेर प्रश्न गरिएको थियो । यसैमा सौगात भन्छन् ‘म जति चलचित्रमा रोमान्टिक छु , त्यो भन्दा बढी वास्विक जीवनमा छु’ । उनी अभिनित चलचित्र ‘संरक्षण’ साउन २७ गतेबाट देशभर प्रदर्शन हुँदै छ । उक्त चलचित्रमा सौगातले नायिका अशिष्मा नकर्मीसँग रोमान्स गरेका छन् ।