पछिल्लो समय भारतीय कमेडियन कपिल शर्मा र उनको सो ‘द कपिल शर्मा सो’ विभिन्न कारण चर्चा र विवादमा आइरहेको छ । केही समय अघि केही कलाकारले ‘द कपिल शर्मा सो’ छोडेको चर्चा सँगै हालै चर्चित कमेडियन भारती सिंहले पनि ‘द कपिल शर्मा सो’ छोडेकी छन् ।
६ वटा एपिसोड गरिसकेकी भारतीले अर्को एक सो लागी साइन गरेको कारण छोड्नु परेको बताइएको छ । भारतीय मिडिया अनुसार भारतीको आफ्नै सो ‘कमेडी दंगल’ आउन लागेको कारण कपिल शर्माको सो छोड्नु परेको बताइएको छ । ‘कमेडी दंगल’ यही अगस्टबाट सोनी टिभीमा प्रसारण हुन छ ।