अभिनेत्री स्वस्तिमा खड्का अभिनेता नाजिर हुसेन र रियाशा दाहाल एकसाथ देखिने भएका छन् । पछिल्लो समय निकै चर्चामा रहेकी रियाशा अभिनेत्री स्वस्तिमा र नाजिरको जोडिलाई एक म्युजिक भिडियोमा सँगै देखिने भएका हुन् । यी तीनलाई एउटै पर्दामा ल्याएका हुन् शान थापाले । उनले 'मुना' बोलको म्युजिक भिडियोमा लोकप्रिय तीन कलाकारलाई एकै कथामा जोड्ने कोसिस गरेका हुन् । भिडियोमा नाजिर र रियाशाले श्रीमान श्रीमतीको भूमिका निभाउनेछन् भने स्वस्तिमाले सालीको भूमिका निभाउने छिन् । तस्बिरमा हेरौँ नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री!!