दंगल नायिका जायरा वसीम अभिनित फिल्म 'सीक्रट सुपरस्टार'को पहिलो पोस्टर आउट भएको छ । फिल्मका निर्माता रहेका बलिउड अभिनेता आमिर खानले सामाजिक संजाल मार्फत फिल्मको पोस्टर आउट गरेका हुन् । सांगेतिक कथामा आधारित रहेको फिल्ममा एक युवतीे गायिका बन्न बोकेको सपनालाई देखाइएको छ ।
फिल्मको निर्देशन अदैत्य चन्दनले गरेका हुन। केही समय अघि नै फिल्मको टिजर आउट भइसकेको छ भने अगस्ट २ मा ट्रेलर पनि आउट हुने पोस्टरमा लेखिएको छ ।