बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ यही शुक्रवारबाट रिलिज हुँदै छ । यसै चलचित्रको लागी यति बेला यी दुई कलाकार प्रमोसनको लागी दौडधुप गरिरहेका छन् । इम्तिहाज अलिको निर्देशनमा बनेको चलचित्र दर्शकको लागी प्रतिक्षित बनिरहेको छ । लामो समय पछि अभिनेता शाहरुख खान रोमान्टिक भूमिकामा देखिएका छन् । शाहरुख र अनुष्काको जोडी लामो समय पछि एकसाथ पर्दामा दखिएका कारण पनि यो चलचित्र अझ प्रतिक्षित रहेको छ । ‘जब ह्यारी मेट सेजल’ चल्नुको ५ कारणहरू ।
१. युवा प्रेम
चलचित्र ‘जब ह्यारी मेट सेजल’मा युवा प्रेमलाई देखाइएको छ । जुन इमोसनले युथलाई छुन सक्छ । प्रेमको साथै यसमा कमेडी पनि मिसाइएको छ ।
२.शाहरुख र अनुष्काको केमेष्ट्री
लामो समय पछि शाहरुख र अनुष्का एक साथ पर्दामा देखिएका छन् । दुवैले केही चलचित्रमा काम गरिसकेका छन् । लाखौँ फ्यानले रुचाएको यो जोडी पुन एकपल्ट साथमा देखिन् सकिन्छ । यसैकारण पनि दर्शकमा माझ यो प्रतिक्षित बन्न सक्छ ।
३. निर्देशक इम्तियास अलिको क्रेज
पछिल्लो केही वर्ष यता बलिउड सिनेमामा निर्देशक इम्तियाज अलिले राम्रै योगदान दिएका छन् । छोटो समयमा उनले केही यादगार रोमान्टिक सिनेमा प्रस्तुत गरिसकेका छन् ।
४. चर्चित गीतहरू
‘जब ह्यारी मेट सेजल’का गीतहरू सार्वजनिक भइसकेको छ । प्राय गीतहरू यसका हिट रहेका छन् । दर्शकले चलचित्रको गीतलाई रुचाएका छन् । कुनै पनि सिनेमा चल्नुमा गीतको पनि मुख्य भूमिका रहेको हुन्छ ।
५. ट्रेलरले पाएको राम्रो प्रतिक्रिया
चलचित्र ट्रेलर सार्वजनिक भएसँगै यसले राम्रो प्रतिक्रिया पाएको थियो । शाहरुख र अनुष्काको भूमिकालाई धेरैले रुचाएका थिए । ट्रेलरमा शाहरुख पंजाबी गाइडका रूपमा छन् भने अनुष्का युरोप घुम्न आएकी केटीको रूपमा छिन् । युरोप घुम्ने क्रममा अनुष्काको औँठी हराएको हुन्छ जसलाई शाहरुख र अनुष्का मिलेर खोजिरहेका हुन्छन् । ट्रेलरमा यसलाई रमाइलो तरिकामा देखाइएको छ ।