नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन् । हन्ड्रेड ग्रुपले लकडाउन भए यता त्यस क्षेत्रका असहाय र चाक टार्न असमर्थलाई खाना खुवाइरहेको छ । आर्थिक सहयोग गर्न एलिजालाई मेलबर्नमा रहेकी वर्षा केसी र हिमाल श्रेष्ठले सहकार्य गरेका हुन् । एलिजाले आफ्नै हातले खाना खुवाएकी हुन् । तस्बिरमा हेरौँ एलिजाको समाज सेवा!!

लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा