अभिनेता पल शाह र गायक दुर्गेश थापा बाढी पहिरो पीडितलाई सहयोग गर्न जुटेका छन् । यसै क्रममा शाह र थापा बाढी पहिरो पीडितलाई राहत लिएर बागलुङ पुगेका हुन् । बागलुङ ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा भदौ १७ गते पहिरोमा परी विस्थापित परिवारलाई सहयोग गर्न बागलुङ हिँडेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । यसबारे जानकारी दिँदै गायक थापाले लेखेका छन्, 'बागलुङ ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का पहिरो पीडितको सहयोगको लागि हामी हिँडिसकेका छौँ । उहाँहरूको पिडामा थोरै भए पनि मलहम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौँ । यति बेला हामी आबुखैरेनीमा खाना खादै यात्रा अगाडि बढाउँदै छौँ ।' पछिल्लो समय सामाजिक काममा पलाले पनि 'यात्रा बागलुङको' भन्दै तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा झरनामुनि बसेर कागजको प्लेटमा खाना खाइरहेको र चामल बोकिरहेका छन् । यस अघी पलले कालिकोट पहिरोमा परेकालाई सहयोग गर्न घटनास्थलमा राहत लिएर पुगेका थिए ।