बलिउड अभिनेत्री माधुरी दिक्षितको जीवनीमा अर्की अभिनेत्री प्रियंका चोपडाले फिल्म बनाउने भएकी छिन् । केही दिन अघिमात्र प्रियंकाले एक कार्यक्रममा आफ्नी मनपर्ने अभिनेत्री माधुरी दीक्षितसँग काम गर्ने इच्छा छिट्टै पूरा गर्न लागेको बताएकी थिइन् । फिल्मका लेखक रहेका श्री रावले ट्विटरमा माधुरी र प्रियंकाको फोटो पोस्ट गर्दै आधिकारिक रुपमा फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
श्रीले फोटो पोस्ट गर्दै दुई स्टारसँग रोमाञ्चक नयाँ परियोजनाको घोषणा गर्न पाउँदा निकै उत्साहित रहेको लेखेका थिए । माधुरीको जीवनमा आधारित रहेको कथालाई कमेडी सिरिजको रुपमा बनाइने भारतिय मिडियाले बताएको छ । सिरिजको नाम सार्वजनिक गरिएको छैन् । प्रियंकाले बनाउने सिरिज अमेरिकन नेटवर्क एबिसीबाट टेलिकास्ट हुने बताइएको छ ।