केही समय अघि प्रदर्शन भएको बलिउड फिल्म ‘ट्युबलाइट’ फ्लप भयो भनेर बलिउड मिडियामा बिभिन्न खबरहरु बाहिरिए । त्यस्तै सलमानले वितरकलाई समेत पैसा फिर्ता गर्नु पर्ने भनिएको थियो । उक्त खबरको प्रतिउत्तर सलमानले दिएका छन् । सलमानले त्यो खबरको सत्यता बोलेर नभई, देखाएर नै दिने भएका छन् ।
एक भारतिय मिडिया अनुसार सलमानले अमेजन प्राइम भिडियोका साथमा डिल क्य्राक गरेका छन् । डिलका अनुसार रिलिजको केही दिनपछि सलमानको सबै फिल्मको लाइभ स्ट्रिमिङ अमेजन प्राइम भिडियोमा हेर्न सकिनेछ । उक्त डिल सलमानको फिल्म टिभीमा आउनु अघि अमेजनसँग दुई महिनाको समय जोडिनेछ । यसका लागि सलमानले कति मूल्य लगाए भन्ने बारे केही समयपछि थाहा हुने नै छ । बक्स अफिसमा १५० करोड कमाएको ‘ट्युबलाइट’ले नोक्सान भरपाई गरिसकेको छ ।