विवाद बिच अघिल्लो हप्ता प्रदर्शन भएको बलिउड चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । १.२२ करोडको ओपनिङ यो चलचित्रले दोस्रो शनिबार पनि १.३७ गरेको थियो भने अहिले सम्म १३.२७ करोड कमाइसकेको छ । ६.५ करोडको बजेटमा बनेको चलचित्रको बजेट र कमाइलाई हेर्दा बक्स अफिसमा चलचित्र हिट भइसकेको छ । चलचित्रले आफ्नो बजेट भन्दा दुई गुनाको कमाइ गरिसकेको छ । ट्रेड एनलिस्टका अनुसार चलचित्रको कलेक्सन १६ करोड सम्म पुगेमा यो सुपरहिट चलचित्र ठहरिन्छ ।