पछिल्लो समय ठुलो पर्दाका चर्चित अनुहार पनि म्युजिक भिडियोमा निकै आकर्षित बनेका छन् । कोरोना महामारीले चलचित्र क्षेत्रलाई प्रत्यक्ष रूपमा प्रभावित गरेसँगै एकाएक कलाकारको म्युजिक भिडियोमा आकर्षण बढेको हो । अभिनेता प्रदीप खड्कादेखी अभिनेत्री स्वस्तिमा खड्का सबैलाई म्युजिक भिडियोले तानेको छ । जसको फल स्वरूप म्युजिक भिडियो पनि पछिल्लो समय निकै प्रतीक्षित र ठुला बजेटका हुने गरेका छन् ।

यसै बिच अभिनेत्री वर्षा सिवाकोटी पनि म्युजिक भिडियोबाट टाढा हुने सकेकी छैनन् । उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् । गायक रामकृष्ण ढकालको आवाज रहेको गीतमा वर्षाले मोडलिङ गरेकी हुन् । उक्त म्युजिक भिडियोलाई चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

सारीमा सजिएकी वर्षाको सुन्दरता सारीमा सजिएकी वर्षाको सुन्दरता सारीमा सजिएकी वर्षाको सुन्दरता सारीमा सजिएकी वर्षाको सुन्दरता

वर्षाको साथमा कलाकार विनोद बस्नेत पनि देखिनेछन् । वर्षाले आफूले काम गरेको म्युजिक भिडियोको बारेमा बोल्दै गीत निकै मन परेको गायक राम कृष्ण ढकालको गीतमा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताएकी छिन् । वर्षा यस भिडियोमा निकै सुन्दर अवतारमा प्रस्तुत भएकी छिन् । सारीमा सजिएकी वर्षालाई निकै सुहाएको छ ।  

सारीमा सजिएकी वर्षाको सुन्दरता सारीमा सजिएकी वर्षाको सुन्दरता सारीमा सजिएकी वर्षाको सुन्दरता