पछिल्लो समय म्युजिक भिडियोमा निकै रुचाइएका नाम हुन् पल शाह, रियाशा दाहाल, सरोज अधिकारी र आश्मा विश्वकर्मा । कोरोना महामारीले फिल्म इन्डस्ट्री लथालिङ्ग हुँदा पनि म्युजिक भिडियो भने पछिल्लो समय निकै मौलाए । जसको कारण चलचित्रका नायक नायिका पनि म्युजिक भिडियोबाट टाढा हुन सकेनन् । लकडाउन पछि कति म्युजिक भिडियो सार्वजनिक भए त्यो भन्न नसकिए पनि दर्शकले मन पराएकालाई भने सम्झिन सकिन्छ । अझ कुन कलाकार दर्शकको रोजाइमा परे त्यो सजिलै पत्ता लाग्छ । दर्शकले मन पराएका र फेरी फेरी पर्दामा हेर्न चाहेका दुई जोडी कलाकार हुन् पल, रियाशा, सरोज र आश्मा । यिनै चार कलाकारलाई अभिनय गराएर म्युजिक भिडियो सार्वजनिक भएको छ जसलाई पनि दर्शकको माया उल्लेखनीय रूपमा मिलिरहेको छ । मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा भीम विष्टको शब्द तथा सङ्गीत रहेको 'जाले रुमाल' बोलको म्युजिक भिडियोमा यि कलाकारलाई फरक अवतारमा प्रस्तुत गरिएको छ । हेरौँ मौलिक र परम्परागत भेष भुषामा सजिएका पल, रियाशा, सरोज र आश्मालाई तस्बिरमा!!