नेपाली चलचित्रको पर्दामा निकै रुचाइएका तीन अनुहार एकसाथ एउटा म्युजिक भिडियोमा देखिने भएका छन् । चलचित्रमा मात्र नभएर पछिल्लो समय म्युजिक भिडियोमा निकै लोकप्रिय बनेका पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको यो सहकार्य निकै प्रतिक्षित बनेको छ । पहिलो पल्ट यि तीनलाई दर्शकले एउटै पर्दामा देख्न पाउने भएका हुन् ।

म्युजिक भिडियोमा जमिरहेका नायक पल शाहले पर्दामा निकै रुचाइएका जोडी पूजा र आकाशसँग एकसाथ काम गर्न लागेका हुन् । गत शनिबार यस म्युजिक भिडियोको छायाङ्कन समेत गरियो । 'काले केटा २' बोल रहेको म्युजिक भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् ।

'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार 'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार 'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार 'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार

नगरकोटका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा नायिका पूजा शर्मा, नायक द्धय पल शाह र आकाश श्रेष्ठलाई मनोरञ्जनात्मक र फरक अवतारमा देख्न सकिन्छ । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीतमा तयार भएको गीत दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर रहेको छ ।

'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार 'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार 'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार

गीतमा ध्रुवप्रसाद अमगाँइको शब्द रहेको छ । छायाङ्कनको दिन क्रममा सङ्गीतकार गायक अर्जुन पोखरेलको जन्मदिन समेत सेलिव्रेशन गरिएको थियो ।