साउथ फिल्मका स्टार जोडीको रुपमा रहेका प्रभास र अनुष्का शेट्टीले एकसाथ दर्जनौ फिल्ममा काम गरिसकेका छन् । हालै ‘बाहुबली २’मा हरेका यी दुईलाई पुनः नयाँ फिल्म ‘साहो’मा एकसाथ देखिने लगभग पक्का भइसकेको थियो । तर, सुटिङ सुरु हुने  अन्तिम समयमा आएर अभिनेत्री अनुष्का शेट्टी ‘साहो’बाट आउट भएकी छिन् ।

यसअघि यसै चलचित्रका लागी बलिउड नायिकाको खोजी गरिएको थियो । नायिकामा श्रद्धा कपूरलाई अफर गरिउता पनि चर्को पारिश्रमिकका कारण अनुष्कालाई अनुबन्धित गरियो । तर अनुष्काको तौलले धोका दिए पछि प्रभाससँग बलिउड नायिका श्रद्धा कपूरले रोमान्स गर्ने भएकी छिन् । फिल्म निर्माण युनिटका अनुसार श्रद्धा कपुर यस फिल्म फाइनल भइसकेकी छिन् ।